‘हाईप्रोफाइल मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिविरुद्व सरकार छ’ -मन्त्री शर्मा

‘हाईप्रोफाइल मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिविरुद्व सरकार छ’ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकार हाई प्रोपाईलका मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिको विरुद्धमा रहेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एमाले)द्वारा संसद गत्यारोधका विषयमा सरकार र माओवादी केन्द्रको धारणा विषयक पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले हाईप्रोफाईल कल्चर नभइ आमनागरिक कल्चर स्थापनामा सरकार लागेको बताइन् । 

उनले भनिन्, ‘हाई प्रोपालईलको मान्छेहरुलाई जे गरे पनि केही हुन्न भन्ने जुन प्रवृति हावी भएको छ  । हामी त्यसको विरुद्धमा छौं । हाई प्रोफाईल कल्चर हैन आमनागरिक कल्चर स्थापनामा हामी लागेका छौं । सबैलाई कानूनीदायरामा ल्याउनुपर्छ । यो हिजोको राजतन्त्र हैन, हिजोको पञ्चायत होईन कसैलाई कानूनभन्दा माथि बस्नुपर्ने छुट र कसैलाई कानूनभन्दा तल बस्नुपर्ने छुट । ’ 

राम्रो कामको सुरुवातको लागि र दृढतापूर्वक खुट्टा टेकेर अगाडि बढ्नको लागि सबैको साथ सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । 

Logo