नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वमा नै नभएको संविधान मिच्ने उत्ताउलो काम नेपालमा भएको बताएका छन् ।
शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विधेयक प्रमाणीकरणको मामिलामा गम्भीर संवैधानिक गल्ती गरिएको बताएका हुन् ।
‘यो विद्येयक प्रमाणीकरण गरिदिनु प-यो भनेर मन्त्रिपरिषद्ले राष्ट्रपति कहाँ विद्येयक प्रमाणीकरण गर्न पठाउँदैन पठाउने सभामुखले हो । अहिलेको संसदलाई थाहा छैन । अहिलेको सभामुखलाई थाहा छैन । अहिलेका कुनै संसदलाई थाहा छैन ।’ उनले भने, ‘तर मन्त्रिपरिषदबाट विद्येयक प्रकाणीकरण गरि पाउँ भनेर विश्वको ईतिहासमा कहीँ पनि हुँदैन । यति असंवैधानिक उत्ताउलो काम दुनियाँमा कही पनि भएको छैन नेपालमा भयो । सम्माननीय राष्ट्रपति जी संविधान मिच्न उत्ताउलिएर अगाडि सार्नु भो । उहाँले सत्ताको पक्षपोषण गर्नु भयो । यो दुःखद कुरा हो । सत्ताको पक्ष लिनलाई राष्ट्रपतिले सविधान मिच्नु भो ।’





























प्रतिक्रिया