राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई भोट हालेको आफ्नो हातमा किरा परेको जस्तो भएको बताएका छन् ।
शुक्रबार सबै दलका प्रतिनिधि सांसदसहित बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद नियमित गर्नेबारे ठोस सहमति नभएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै सांसद सिंहले दाहाललाई सुध्रिन्छ कि भनेर भोट हालेको बताएका हुन् । तर भोट हाल्न धिक्कार भएको पनि उनको ठहर छ ।
उनले भने, ‘उहाँले जुन ढंगले बोल्नु भयो हिजो भोट हालेको त धिक्कार नै रहेछ यो हात त किरै परेर हालेको जस्तो भयो । यस्तो छ भनेर थाहा पाएको भए रामोराम हाल्दैन थिए । सुध्रिन्छ की रत्नकरबाट बाल्मिकी जस्तो बन्लाकी भनेर ठोकेको थिए अब त्यस्तो अभिव्यक्ति आयो । उहाँ कुरा गर्न सिपालु हुनुहुन्छ । तर ज्यादा मिलाउँदा मिलाउदा चिप्लेको थाहा नै पाउनु भएन यसपाली ।’































प्रतिक्रिया