मकवानपुरको हेटौँडा बजार क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्ड विस्तार लामो समयदेखि विवादमा छ ।
विश्व बैंकको ऋण सहयोगमा सडक विभागले विस्तार गर्न लागेको राजमार्गका कारण १ हजार ७ सय बढी स्थानीय प्रभावित हुने भएका छन् । सडक आसपासका स्थानीयले बजार क्षेत्रको दायाँ बायाँ १६/१६ मिटर कायम गर्ने गरी विकास गरिनुपर्ने माग गरेका छन् । तर विभागले भने सडकको दुवैतिर २५/२५ मिटर कायम गर्नेगरी कामकाे तयारी थालेको छ ।
सडक विस्तारका लागि सरकारले केही व्यक्तिलाई मुआब्जा वितरण गरे पनि अधिकांशले मुआब्जा पाएका छैनन् । मुआब्जा नपाएको अवस्थामा १७ सय बढी नागरिक सुकुम्बासी हुने उद्योग वाणिज्य संघ हेटौँडाले जनाएको छ ।
सडक विस्तारअघि स्थानीयको मुआब्जा भुक्तान गर्नुपर्ने वा सडक १६/१६ मिटर कायम हुनुपर्ने संघको तर्क छ । सडक विस्तार हुँदा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठसमेत प्रभावित हुने देखिएको छ ।





























प्रतिक्रिया