प्रतिनिधिसभा बैठक बस्दै, तीनवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक बस्दै, तीनवटा विधेयक प्रस्तुत हुने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,२०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथीको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। आजै सो विधेयकमाथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।  

Logo