हेलिकोप्टर दुर्घटनामा दिवङ्गत सबैप्रति माधवकुमार नेपालद्वारा दुःख व्यक्त

हेलिकोप्टर दुर्घटनामा दिवङ्गत सबैप्रति माधवकुमार नेपालद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका हुन्। उनले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गरेका छन्।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो । 

Logo