४ करोड ठगी गर्न खोज्ने ज्योतिष अर्जुन थापा पक्राउ

४ करोड ठगी गर्न खोज्ने ज्योतिष अर्जुन थापा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आफूलाई ज्योतिष दाबी गर्दै आएका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले थापासहित ३ जनालाई पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीसहितको टोलीले ४ करोड मागेका थिए । तर बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको र उक्त रकम लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको हो ।

थापा यस अघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।

Skip This
Skip This
Logo