प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको समवेदना सन्देश

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको समवेदना सन्देश

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्। शुक्रबार बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए। सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा उल्लेख छ।

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’,राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।

Skip This
Skip This
Logo