करको दायरा फराकिलो भएको कारणले गर्दा राजस्व बढ्ने अर्थमन्त्रीको विश्वास

करको दायरा फराकिलो भएको कारणले गर्दा राजस्व बढ्ने अर्थमन्त्रीको विश्वास

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा.प्रकाश शरण महतले करको दायरा फराकिलो भएको कारणले गर्दा राजस्व बढ्ने विश्वास लिएको बताएका छन्। 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महतले अर्थतन्त्र चलायमान भएको दावी गरे। उनले भने ‘हामीले करको दयरालाई फराकिलो पारिरहेका छौं। यसले गर्दा राजस्व बढ्छ भन्ने विश्वास छ। यसको लागि सबै जनाको सहयोग चाहिन्छ। र अर्थतन्त्र पनि चलायमान हुँदैछ। मूल्य वृद्धि पनि घटेको छ। अर्थतन्त्र सकारात्मक तर्फ उन्मुख रहेको छ। र स्वास्थ्य क्षेत्रमा सरकार गम्भीरताका साथ लाग्छ।’

सूर्तिजन्य पदार्थमा नेपालमा उच्च कर रहेको मन्त्री महतको जिकिर छ। आवश्यक बढी र स्रोतको सीमितता बढि भएको कारणले आफूहरुले चाहेको जस्तो काम गर्न नसकेको उनको भनाइ छ। 

Skip This
Skip This
Logo