राणाकालमा भोलिवादलाई व्यङ्ग गर्ने कवि भानुभक्तको साहस सम्मान योग्य छः मन्त्री किराँती

राणाकालमा भोलिवादलाई व्यङ्ग गर्ने कवि भानुभक्तको साहस सम्मान योग्य छः मन्त्री किराँती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भानुभक्तले राणाकालीन प्रशासनिक न्यायीय प्रणालीको कविता मार्फत नै धज्जी उडाएको बताएका छन्। भानुभक्त स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले भानुभक्तको साहस पनि तारिफ गर्न योग्य भएको बताएका छन्।

उनले भने‘भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक न्याय प्रणालीको ढिला सुस्तीको त्यो बेलाको समयमा व्यङ्ग्य गर्नुभएको थियो। कविता मार्फत यस्तो प्रहार गर्नुभएको थियो त्यो सामान्य साहस थिएन। भोलिवादको प्रवृत्ति बाट हामी अझै पनि प्रभावित छौँ, यो भोलिवादलाई समाप्त गरेर देश र जनताप्रति समर्पित हुने प्रणाली हामीलाई चाहिएको छ। त्यो संस्कृति चाहिएको छ। आजपनि यो प्रवृत्तिलाई समाप्त पार्ने दायित्व हाम्रो काँधमा छ।’ 

मन्त्री किराँतीले एउटा साधारण समाजको मान्छे राष्ट्रिय साहित्यको क्षेत्रबाट भाषा एकीकरणको एउटा क्रान्तिकारी योगदान गरेको चर्चा गर्दै आज आम नेपालीको सम्पर्क भाषाको रुपमा जुन भाषा स्थापित छ,यो भाषा विकास हुनुमा भानुभक्तको अतुलनीय योगदान रहेको बताए।

उनले भने ‘आजमा नव समाजको सबैभन्दा ठूलो शत्रू भ्रष्टाचारको विरुद्धमा प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रीको सक्रियता र इच्छा शक्तिका साथ भ्रष्टाचारको विरुद्धमा एकपछि अर्को खाताहरु खोल्दै गएको छ।  भ्रष्टाचारलाई जबसम्म समाप्त पार्न सक्दैनौँ तब सम्म नेपाली समाजमा समाजवादको परिकल्पना गर्न सक्दैनौँ । हामी सरकारमा भएको नाताले हामीले गल्ती गर्ने ठाँउ छैन।’ 

Logo