लम्पी स्किनकाे अवस्था विकराल बन्दा पनि सरकार उदासिन बनेको एमालेको आरोप

लम्पी स्किनकाे अवस्था विकराल बन्दा पनि सरकार उदासिन बनेको एमालेको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगले पशु चौपायामा विकराल रुप लिंदा पनि सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले लम्पी स्किनबारे सरकार गम्भीर नबने किसान र देशले ठूलो क्षति भोग्नु पर्ने बताए । 

उनले भने, ‘लम्पी स्किनले ४ महिनाको अवधिमा ८ लाखभन्दा बढी पशु चौपायाहरु संक्रमित भएका छन् । सरकारले यसलाई जसरी गम्भीरताको साथ लिनुपर्ने हो, तदारुकता देखाउनुपथ्र्यो, खोपहरु जसरी प्रभावकारी ढंगबाट दिनुपथ्र्याे । सरकारले यसमा उदासिनता देखाएको कारणले ३७ अरव भन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ, सरकारले समयमा सजकता देखाएको भए यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् यहि अवस्था रहने हो भने २५ लाख पशु चौपाया संक्रमित हुनेछन् । १ लाखभन्दा बढी पशु चौपाया मर्ने अवस्था आउने छ। सरकारले गाउँमा जुन प्रकारले प्राविधिक पठाउनुपथ्र्यो पठाएको छैन ।’ 

Skip This
Skip This
Logo