ज्ञानेन्द्र शाहीको प्रश्नः यो देशमा दलितको छोरो किन प्रधानमन्त्री बन्दैन ?

ज्ञानेन्द्र शाहीको प्रश्नः यो देशमा दलितको छोरो किन प्रधानमन्त्री बन्दैन ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानेन्द्रबहादुर ) शाहीले जातियताको नाममा राजनीति गर्नेहरुले दलितमाथि हुँदै आएको अन्यायविरुद्ध कहिले नबोलेको गुनासो गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक शाहीले रुकुममा भएको अहिलेसम्मकै ठूलो नरसंहार र जुम्लामा भएको घटनाको बारेमा कसैले आवाज नउठाएको दुखेसो पोखे । उनले यो देशमा दलितको छोरो किन प्रधानमन्त्री बन्दैन भन्दै प्रश्न पनि राखे । 

उनले भने, 'नेपालको ईतिहासमा आजसम्म दलितहरुको लागि भनेर जातीय छुवाछुत गरेको सबैभन्दा ठूलो नरसंघार भनेर रुकुममा भएको थियो । हिजो अस्ति मात्र जुम्लामा पनि त्यो घटना घटेको छ । अहिलेको २१औं शताब्दीमा पनि जातिय छुवाछुत कायमै राखिनु जातियताको आधारमा राजनीति गर्ने तिनीहरुलाई लासको सिडी बनाउने तर जब जब सत्ताको मुखमुखमा आईन्छ त्यतिखेर तिनीहरुलाई कहिले पनि नल्याउने । भीमसेन थापादेखि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म प्रधानमन्त्री बन्दा एक जना दलितको छोरो यो देशको प्रधानमन्त्री किन बन्दैन ?'

दलितको आवाज उठाउँछु भन्नेहरुले, जनजातिको आवाज उठाउँछु भन्नेहरुले गरीव निमुखा जनताको आवाज उठाउँछु भन्नेहरुले त्यो समृदायबाट प्रतिनिधित्व गरेको व्यक्तिलाई यो देशको प्रधानमन्त्री बनाउन किन अगाडि सर्दैनन् भन्ने प्रश्न पनि प्रमुख सचेतक शाहीको थियो । 

Skip This
Skip This
Logo