वर्तमान कोशी सरकार भंग गर्दै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न एमालेकाे माग

वर्तमान कोशी सरकार भंग गर्दै नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न एमालेकाे माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले उद्धव थापा नेतृत्वको वर्तमान कोशी प्रदेश सरकार असंवैधानिक रहेको निष्कर्ष निकालेको छ । 

ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको एमालेको सचिवालय बैठकले कोशी सरकार असंवैधानिक रहेकोले तत्काल भंग गर्दै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो । संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको बैठककाे निष्कर्ष छ । 

‘संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यसैकारण सभामुखले दलीय आवद्धताबाट अलग हुने प्रचलन रहेको छ । अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्र हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ । नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ । असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ ।’ एमालेको ६ बुँदे प्रस्तावको पहिलो नम्बरमा भनिएको छ ।

यसअघि एमालेले प्रदेशका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेको र थापाको मुख्यमन्त्रीमा नियुक्ति बदर गर्नलगायत मागसहित सर्वोच्च अदालतमा मुद्धा पनि हालेको थियो तर, अदालतले अन्तरिम आदेश दिन मानेन । यद्यपी नवगठित सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न भने आदेश दिएको छ । 

Logo