एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई

एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ।

ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको एमालेको सचिवालय बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । 

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । 

साथै बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । 

Logo