नेकपा (एमाले)को सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरिएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकबाट समसामयिक प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्न माग गरिएको छ ।
साथै लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी, तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग गरेको छ ।

































प्रतिक्रिया