बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड नोबल एकेडेमीलाई

बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड नोबल एकेडेमीलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँबानेश्वरमा रहेको नोबल एकेडेमीले बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल नोबल एकेडेमीलाई बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड प्रदान गरेको हो । 

नोबेल नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था हो। विद्यार्थीलाई उद्यमशील जीवन जिउनका लागि प्रेरित गर्दै आएको यो कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन फाइन आर्टमा अध्ययन गराउँछ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नोबेलले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ। काठमाडौँ महानगरपालिका र ब्रिटिस काउन्सिलबाट ‘उत्कृष्ट स्कुल अवार्ड’ प्राप्त गर्न सफल कलेज पनि हो नोबेल एकेडेमी ।

Skip This
Skip This
Logo