त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिने भएको छ। राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल एकिन गर्न कार्यालय समय सुरु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर राष्ट्र बैंक लैजाने तयारी भइरहेको हो।
बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएको छ। यसैबीच, विमानस्थल भन्सारबाट जाँच पासपछि सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ।जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान थाल्ने तयारी छ।
हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ।सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल,हर्क राई,अशोक लामासहित पक्राउ परिसकेका छन्।































प्रतिक्रिया