नेपाली बजारमा खुल्यो सुजुकी फ्रोङ्क्स र जिम्नीको बुकिङ

नेपाली बजारमा खुल्यो सुजुकी फ्रोङ्क्स र जिम्नीको बुकिङ

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई गाडी फ्रोङ्क्स र जिम्नीको बुकिङ खुला गरेको छ । 

साउन महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने बताइएको यस दुई गाडी आगामी भदौ अन्तिममा आयोजना हुने नाडा अटो शोमा आकर्षण बन्ने छन् ।

फ्रोङ्क्समा पहिलो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ, यसले ८९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ । अर्कोतर्फ १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले ९९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जर जस्ता फिचर पनि प्रदान गरिएको छ । 

मारुती सुजुकी जिम्नीमा के सिरिजको १.५ लिटर पेट्रोल इन्जिनको मात्र विकल्प दिइएको छ, सो इन्जिनले १०५ बीएचपीको पावर र १३४ एनएमको टर्क उत्पादन गर्छ । कारमा स्ट्यान्डर्ड फिचरको रूपमा फोर ह्विल दिइएको छ ।

Skip This
Skip This
Logo