सुन तस्करी प्रकरणः भन्सार विभागद्वारा छानबिन समिति गठन

सुन तस्करी प्रकरणः भन्सार विभागद्वारा छानबिन समिति गठन

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ।

गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो।

गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो।बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ।उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन्।

Skip This
Skip This
Logo