एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले मुलुकका विभिन्न ८ स्थानमा फास्ट चार्जिङ स्टेशन संचालनमा ल्याएको छ ।
कम्पनीले ३० किलोवाट क्षमताको ललितपुरस्थित एमजीको सर्भिस सेन्टर, बुटवल, चितवन, कुरिनटार, ढल्केवर, मूलकोट, इटहरी र विराटनगरमा डीसी फास्ट चार्जरसहितको पूर्वाधार संचालनमा ल्याएको हो ।
यसैगरी निकट भविष्यमा नौविसे, हेटौंडा, पोखरा, विरगंज, बर्दिवास, कोहलपुर, दाङ, अत्तरिया र गाइघाटमा पूर्वाधार थप गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया