कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारवाही गर्न माग गरेका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नुपर्ने माग गरेका हुन्।
उनले भने,‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने काम उहाँले गर्नुभएको छ। चुनावको मुखमा भागेर उहाँ अस्ट्रेलिया गएर बस्नु भयो। चुनाव सकिए पछि नेपाल फर्किनु भएको छ। प्रत्येक कांग्रेसको मोवाईल हेर्ने हो भने कांग्रेसका कार्यकर्ताहरु सुत्न पाएका छैनन् रात भरि गठबन्धनका उम्मेदवार भोट नदेउ झापाका देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर उहाँले फोन गरेको अहिले पनि रेकर्ड छ। यस्ताको नेतृत्वले नेपाली कांग्रेसलाई कहाँ पुर्याउँछ।?’ झापा २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन्।































प्रतिक्रिया