दीपक मल्होत्राले भने- सुन तस्करीमा मेराे कुनै संलग्नता छैन, अब कानूनी उपचारमा जान्छु

दीपक मल्होत्राले भने- सुन तस्करीमा मेराे कुनै संलग्नता छैन, अब कानूनी उपचारमा जान्छु

केन्द्रबिन्दु
0
Shares

व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामत भएको ठूलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

बिहीबार दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले सो सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता भनेर आएको समाचारमा आपत्ति जनाएका हुन् । उक्त समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको उनको दाबी छ ।  

किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको पनि बताए । आफ्नो बारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने उनले चेतावनी दिएका छन् । 

‘म र मेरो परिवारको कारोबार, आय सबै कानूनबमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानूनबमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन्।’ उनले भनेका छन्, ‘नयाँ पत्रिकामा प्रकाशित समाचरमा भनिएजस्तो त्यो सुन आयात गर्न सम्बद्ध व्यापारित प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पतिबाट, कुनैपनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन । उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्वद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु।’ 

विज्ञप्ति-

Skip This
Skip This
Logo