भ्रष्टाचारको कुरा सुन्ने वित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप

भ्रष्टाचारको कुरा सुन्ने वित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने वित्तिकै पार्टीले मुख थुन्ने गरेको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार विरोधी सत्ताव्यापी अभियान चलाउनुपर्ने बताए। 

उनले भने,‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन। तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने वित्तिकै मुख र कान थुन्छ। आँखा बन्द गरिहाल्छ। एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो विषयमा होइन।’ केन्द्रीय सदस्य रसाइलीले महामन्त्रीले राखेको कार्ययोजनामा सामाजिक न्याय र महिला हिंसाको बारेमा कुनै पनि कुरा नआएको पनि बताए।   

Logo