ललिता निवास जग्गा प्रकरणमा अन्तरिम आदेश लिएकालाई पुनः पक्राउ गर्न बाटो खुल्यो

ललिता निवास जग्गा प्रकरणमा अन्तरिम आदेश लिएकालाई पुनः पक्राउ गर्न बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलाएको छ ।   

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलाएको हो ।  योसँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुलेको छ । 

गत साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १७ जना आरोपितलाई नै पक्राउ नगर्नू/नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि सीआईबीले पक्राउ गरेपनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीलाई छाडिएको थियो।

Skip This
Skip This
Logo