निर्धारित समय भन्दा १ वर्ष अघि नै सम्पन्न भयो कमला नदीमा पुल (भिडियाे)

निर्धारित समय भन्दा १ वर्ष अघि नै सम्पन्न भयो कमला नदीमा पुल (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

सिन्धुली ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदीमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको छ ।

कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तिब्रता पाउँदा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । तोकिएको समय भन्दा एक वर्ष अघि पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली, दुधौली नगरपालिका वडा नं. ९ र ११ जोडने कमला नदीमा निर्माण गरिएको पुल सम्झौता अवधि भन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको हो । कालिका रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पूल ०७८ जेठ २७ गते बुझाउनु पर्नेमा ११ महिना अघि नै निर्माण सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताए । सम्झौता पछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिनापछि मात्रै निर्माण कार्य सुरु भएको थियो । तर पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पूल निर्माणको कार्य एक वर्ष अघि नै सम्पन्न भएको ढकालले बताए । कुल ५ सय मिटर लामो यो पुल प्री स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताए ।

दुधौली नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुमार लामाले पूल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दाहरुलाई सहज भएको बताए । पुल बनेपछि यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न, विद्यालय तथा क्याम्पस जान, उपचारका लागि अस्पताल जान र खेतिपातिका लागि समेत सहज भएको उनले बताए । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समय भन्दा एक वर्ष छिटो निर्माण सम्पन्न भएकोमा आफूहरु खुशि भएको लामाले बताए ।

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरु पुल निर्माण भएपछि खुशि भएका छन् । पुल नभएकै कारण विरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खोतीपातीका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन् ।

प्री स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारी र पारी २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Logo