कतारबाट ३ जहाजमा ४६५ नेपाली आज स्वदेश फर्किए

कतारबाट ३ जहाजमा ४६५ नेपाली आज स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

गए राति ३ वटा जहाजले कतारबाट नेपालतर्फ उडान भरेका छन् । कतारको हमाद विमानस्थलबाट नेपाल तथा हिमालयन एयरलाइन्ससँगै कतार एयरवेजले पनि उडान भरेको हो । पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले ११ औँ तथा हिमालयन एयरलाइन्सले बाह्रौं उडान गरेका हुन् भने कतार एयरलाइन्सले उद्धार उडान गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारणबाट प्रवासमा उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार चार्टर उडान भईरहेका छन् । यो नेपाल एयरलाइन्सको सातौँ हिमालयको पाँचौ सहजीकरण उडान हो भने कतारले तेस्रो उद्धार उडान गरेको हो । नेपाल एयरलाइन्सले ३ महिला १४५ पुरुषसहित १४८ जना र २ वटा शव लिएर स्थानीय समय अनुसार राति १२ः४५ बजे उडेको हो । हिमालयनले १५३ पुरुष १ महिला गरी १५४ जना लिएर बिहान १ः४५ बजे उडेको छ।

यस्तै कतार एयरलाइन्सको उद्धार उडानमा विभिन्न अभियोगमा जेलमा रहेकाहरू मध्येबाट आममाफी पाएका, विभिन्न अभियोगमा बन्दि जीवन बिताएका र कतारको फिर्ति केन्द्रमा रहेकाहरू मध्येबाट १६३ जना उडेको जानकारी दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् । नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टराईका अलावा राजदूतावासका तृतीय सचिव तुलसी कोइराला तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

यो सँगै कतारबाट कुल २ हजार २३७ जनासहित ३६ वटा शव नेपाल गई सकेका छन् । अर्को फ्लाइट नेपाल एयरलाइन्सले भोलि बिहीबार राती गर्नेछ ।

Logo