नेपाली बजारमा भित्रियाे क्यासपरस्कीका तीन नयाँ सेक्युरिटी उत्पादन

नेपाली बजारमा भित्रियाे क्यासपरस्कीका तीन नयाँ सेक्युरिटी उत्पादन

केन्द्रबिन्दु
0
Shares

विगत २८ वर्षदेखि विभिन्न साइबर सुरक्षा समाधानहरु प्रदान गर्दै आएको सागर ग्रुपले क्यास्परस्की ल्याबका नयाँ उत्पादन भित्र्याएको छ । 

बिहीबार काठमाडौंको लैनचौरस्थित द मल्ल होटलमा एक कार्यक्रम गर्दै क्यासपरस्कीको नेपालस्थित आधिकारिक वितरक सागर ग्रुपले क्यासपरस्की स्ट्यान्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम सेक्युरिटी गरी तीनवटा उत्पादनहरू भित्र्याएको हो ।

यी सेक्युरिटी प्रडक्टमा विन्डोज, म्याक, आईओएस, एन्ड्रोइडजस्ता डिभाइसहरूको सुरक्षाका लागि विशेष फिचर रहेको कम्पनीको दाबी छ । क्यासपरस्की स्ट्यान्डर्डमा डिजिटल थ्रेटविरुद्ध रियल टाइम सेक्युरिटी (वास्तविक समयमै सुरक्षा सुविधा) सुरक्षित ब्राउजिङ, एन्टी–फिशिङ क्षमता, फायरवाल, पर्फर्मेन्स टुलहरू, वेबक्याम तथा माइक प्रोटेक्सन लगायतका विशेषता छन् ।

साथै क्यासपरस्की प्लसमा स्ट्यान्डर्ड संस्करणमा भएका फिचरसहित थप सुविधा भएको कम्पनीले जनाएको छ । यसमा थप गोपनीयता क्षमताहरू, परिष्कृत अनलाइन गोपनीयताको लागि अनलिमिटेड भीपीएन, प्रिमियम पासवर्ड म्यानेजर, डेटा चुहावट जाँच (डेटा लिक चेकिङ) लगायतका सुविधा छन् ।

यस्तै, क्यास्परस्की स्ट्यान्डर्ड र प्लस प्लानका सबै सुविधाका साथमा डिजिटल पहिचान सुरक्षा र प्रिमियम टेक्निकल सपोर्ट भएका प्रिमियम सब्सक्रिप्सनमा आधारित प्लान भएको कम्पनीले जनाएको छ ।

साइबर सेक्युरिटी सोलुसन्सले डिजिटल सुरक्षामा बलियो आधार तयार पारी प्रयोगकर्ताहरूलाई सुरक्षा प्रदान गर्नेमा क्यास्परस्की र सागर ग्रुप विश्वस्त छन् ।

Skip This
Skip This
Logo