फेसबुकको सक्रिय प्रयोगकर्ता तीन अर्ब, त्रैमासिक आम्दानी मात्रै ४२ खर्बभन्दा बढी [भिडियाेसहित]

फेसबुकको सक्रिय प्रयोगकर्ता तीन अर्ब, त्रैमासिक आम्दानी मात्रै ४२ खर्बभन्दा बढी [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जाल फेसबुकले मासिक तीन अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको छ । बिहीबार मेटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो । 

मेटाका अन्य सामाजिक सञ्जालका प्लेटफर्महरू ह्वाट्सएप, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड्समा कूल ३.८८ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । यो सङ्ख्या विश्वको आधा जनसङ्ख्या बराबर हो ।

मेटाले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब छ करोड ४० लाख रहेको छ । यता गत त्रैमासिकमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता दुई अर्ब तीन करोड ७० लाख रेहका थिए । 

पछिल्लो समय छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटकको चर्चा बढेपछि मेटाले त्यससँग प्रतिस्पर्धा गर्न फेसबुक र इन्स्टाग्राममा रिल फिचर ल्याएको थियो । मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुकरबर्गका अनुसारमा ती प्लेटफर्मका रिल्समा दैनिक २०० अर्ब पटक भिडियो प्ले हुन्छ ।

जुकरबर्गका अनुसार हालै सार्वजनिक भएको थ्रेड्स एप पनि निकै लोकप्रिय भइरहेको छ । थ्रेड्स सार्वजनिक भएको पाँचौ दिनमा १० करोड प्रयोगकर्ता पाउने इतिहासकै पहिलो एप एप समेत बनेको थियो । जुकरबर्गका अनुसार पछिल्लो त्रैमासिकमा कम्पनीको आम्दानी ११ प्रतिशतले बढेको छ ।

Logo