नयाँ आइजीपीका लागि क्षेत्रीको नाम सिफारिस

नयाँ आइजीपीका लागि क्षेत्रीको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरिएको छ । गृह मन्त्रालयले क्षेत्रीको नाम सिफारिस गरेको हो ।

वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको बताइएको छ । नयाँ आइजीपीको निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल रहेका भए पनि गृह मन्त्रालयले क्षेत्रीलाई सिफारिस गरेको हो ।

हाल रहेका आइजीपी ठाकुर ज्ञवालीको कार्यकाल भोलिदेखि सकिंदैछ ।

Skip This
Skip This
Logo