ओली–दाहाल भेटवार्ता सकियो, के भयो निर्णय ?

ओली–दाहाल भेटवार्ता सकियो, के भयो निर्णय ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता केहि बेर अघि सकिएको छ । करिव ३ घण्टा चलेको आजको छलफलमा पनि कुनै निर्णय हुन नसकेको बताइएको छ ।

नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ । यसैक्रममा आज पनि उनीहरु बीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भेटवार्ता भएको थियो ।

यस अघि दुई अध्यक्षबीच सोमबार पनि ‘वन टु वन’ वार्ता भएको थियो । उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो ।

उनीहरुवीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको भनिएको छ । नेकपामा भएको पछिल्लो विवादले यतिबेला सबैको ध्यान खिचेको छ भने समस्या समाधान गर्न पनि सबैले आआफ्नो प्रयास जारी राखेका छन् ।

नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ ।

Logo