सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विधान सम्मेलनबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो। विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ।
“विधान सम्मेलन गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको छ, मोटामोटी मंसिरमा विधान सम्मेलन गर्ने कुरा भएको छ,” माओवादीका सचिव दीनानाथ शर्माले भने।





























प्रतिक्रिया