काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद सतहमा पुगेकै समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरुसँगको भेटघाटमा सक्रियता देखाएकी छिन् ।
आइतबार साँझ नेकपा नेता माधव नेपालसँग भेटघाट गरेकी उनले आज अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।
खनालसँग उनले आज बिहान उनकै निवास डल्लुमा भेटवार्ता गरेकी हुन् । उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । नेकपा विवाद चलिरहेकै बेला चिनियाँ राजदूतको सक्रियतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।





























प्रतिक्रिया