यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सोमबारको तुलनामा आज तरकारी तथा फलफूलको मूल्य स्थिर देखिएको हो ।ठूलो गोडभेँडाको मूल्य हिजोकै कायमा रहेको छ। नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १२० रुपैयाँ छ।

लोकल सानो गोलभेँडाको मूल्यभने आज ५ रुपैयाँले बढेर४५ रुपैयाँ कायम छ। रातो आलको आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भइरहेको छ। 

यस्तै गाजरको मूल्यपनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा विक्रि भएको छ भने घिउ सिमी लोकल २५,मुला रातो ३०,भन्टा लाम्चो ३०,मकै बोडी६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ। तितो करेला ४०, लौका ४०, परवल ३५,घिरौला २५,फर्सी पाकेको ४५ कन्ने च्याउ १५०, डल्ले च्याउ ३०, काँक्रो लोकल ३०,रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा बिक्रि भइरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ ।

आँप मालदह १८०,अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ। मौसम २२०,किवि ७५०, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ । 

Skip This
Skip This
Logo