संविधानले दिएको अधिकार अझै पूर्ण कार्यान्वयन हुन सकेनः माधव नेपाल

संविधानले दिएको अधिकार अझै पूर्ण कार्यान्वयन हुन सकेनः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार पूर्ण कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन् । 

मंगलबार पार्टी निकट विद्यार्थी अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले धेरै ठुलो मेहनत गरेर जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन् ।

उनले भने,‘जनतामा भेदभाव, अन्याय र अत्याचार भयो भने एकले अर्कालाई गरीब दलित विपन्न भनेर हेला गर्ने प्रवृत्ति भयो भने देशको प्रगति गर्न सक्दैन् धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिनेगरी लेखिएको छ, संविधानको लेखाईमा कमी छैन । बनाए पनि त्यो संविधान लागू गर्ने कुरामा कमी छ ।’

अध्यक्ष नेपालले देशको नेतृत्व गर्ने मानिसहरु नै देश बनाउने भावनाले ओतप्रोत नभएको टिप्पणी गरे । देश र राष्ट्रमाथि कुनै आँच आउने काम भएमा नेपालीहरुलाई त्यो स्वीकार्य नहुने उनको भनाई छ ।

Skip This
Skip This
Logo