कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले नै दाबी पेस गर्ने सहमति सत्ता गठबन्धनमा जुटेको छ ।
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेकाे समय सीमा आज अपराह्न ५ बजे समाप्त हुँदैछ । साे समयभित्र गठबन्धनका तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सहमति जुटेकाे नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४६ प्रदेशसभा सदस्य र सभामुखको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेको थियो । आज भने सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी भएको छ ।





























प्रतिक्रिया