प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी

प्रधानन्यायाधीश सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ। आज बस्ने बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ।

बैठकमा संवैधानिक परिषद अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र रक्षामन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

Logo