राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आफ्नो पार्टीले नेपाल फर्किन चाहाने नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन्।
बुधबार समाजिक सञ्जाल मार्फत उनले अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताएका हुन्।
‘यी विज्ञापनहरु विभिन्न देशका पत्रीका,अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिँदैछन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौँ, त्यो पनि “बिना ढेउवा के।’सामाजिक सञ्जालमा उनले भनेका छन्‘अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ। मैले उपनिर्वाचनमा विजय हासिल गरेको भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’
उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दाबी गरेका छन्।





























प्रतिक्रिया