पत्याउनुहुन्छ ? ४२ इन्चका बेहुला र ४७ इन्चकी बेहुली !

पत्याउनुहुन्छ ? ४२ इन्चका बेहुला र ४७ इन्चकी बेहुली !

केन्द्रबिन्दु
0
Shares

भनिन्छ- मान्छेको जोडी भगवानले पहिले नै बनाइदिएको हुन्छ । सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको भारतको बिहारस्थित सरन जिल्लाको एक विवाहमा बेहुलीको उचाइ ४७ इन्च छ भने बेहुलाको ४२ इन्चमात्र अर्थात बेहुला बेहुलीभन्दा ५ इन्च होचा छन् ।

रिपोर्टका अनुसार स्थानीय लेउरा गाउँका बासिन्दा रोहित सिंहको उमेर पुगिसक्दा पनि उचाई कम भएका कारण बिहे भएको थिएन। त्यस्तै अवस्था खाब्सी गाउँकी नेहा प्रसादको पनि रहेको थियो । ४७ इन्च अग्ली नेहाका लागि पनि परिवारले सुहाउँदो बेहुला भेटाउन सकेका थिएनन् । 

त्यस्तै, नेहाको परिवारले रोहितका बारेमा थाँहा पाए र अन्तत: दुवै परिवारको सहमतिमा हिन्दु परम्परा अनुसार बिवाह भयो । उनीहरुको बिहे धुमधाम पूर्वक भएको र पाहुनाहरु निकै खुसी भएको हामी भिडियोमै देख्न सक्छौं । निकै होचो कदका कारण सुहाउँदो जोडी खोजेर बिहे गराउन मुस्किल परेको बेलामा भगवानले आफूहरुको कुरा सुनेको र जोडी भेट्टाइदिएको भन्दै बेहुला र बेहुली दुवै पक्ष मख्ख देखिन्छन् । परिवारजनका अनुसार बेहुला रोहित कम्पाउन्डर हुन् भने बेहुली नेहा भने जागिर नभएको तर घरव्यवहार तथा पाककलामा निकै पोख्त छिन् ।

Skip This
Skip This
Logo