चितवन पुगेर रवि लामिछानेले भने- देशभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आयो [भिडियाे]

चितवन पुगेर रवि लामिछानेले भने- देशभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आयो [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् । 

सांसद निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन –२ का मतदाताहरुसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको बताएका हुन् । 

उनले भने ‘ममाथि देशैभरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफूले निर्वाचनमा बोलेका कुराहरुलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ ।’ 

बुधबारबाट सांसद लामिछानेले औपचारिक रुपमा चितवन २ का मतदाताहरुको लागि सचिवालय पनि स्थापना समेत गरेका छन् । उनले भने, ‘सुरुवाती केही दिनहरुमा आवश्यकता परेका केही व्यक्तिहरुको फोन उठाउन गाह्रो हुने अवस्था हुनसक्छ । सुरुवातका केही समयहरु व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला ।’

Logo