एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) लाई दिने भएको छ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन्।
नेपाली काँग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ। साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि काँग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला-जिल्ला पुगि सिकेका छन्।
करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ। सुब्बा भन्सार एजेन्ट हुन् ।उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका छन्।
साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ।
जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ। अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय भएको जनाएका छन्। बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन- ८४’ अगाडि बढाउने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन्।
सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने भएको छ। साउन २१ गतेदेखि उक्त सेवा सुरू हुन लागेको हो। परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।
काठमाडौँको थापाथली क्याम्पस स्ववियुले सरकार गैरजिम्मेवार भएको भन्दै प्रदर्शन गरेको छ। क्याम्पस अगाडि स्ववियुले शुक्रबार प्रदर्शन गरेको हो। सरकारले झुटा आशा देखाउने र जनतालाई निराश बनाउने गरेको उनीहरूको आरोप छ। त्यस्तै विदेश पढ्न र रोजगारका लागि जाने क्रम बढिरहेको तर्फ संकेत गर्दै उनीहरूले ’त्रिवि विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल?’भन्ने प्रश्न गरेका छन्।
कैदीको सरुवाको विषयमा झापा कारागार भित्र कैदीबन्दीबीच झडप भएको छ। झडपकै क्रममा कारागारभित्र आगलागी समेत भएको छ। कैदीबन्दीले नै आगो लगाएको प्रहरीले जनाएको छ।शुक्रबार दिउँसो असन्तुष्ट बनेका कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा करिब एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो।
नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप-२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरूप बढी देखिएको हो। सेरोटाइप-२ स्वरूपको डेङ्गी नेपालमा ४१ प्रतिशत देखिएकोछ।
प्रस्तावित‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ। ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ।
भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएको छ। यो सँगै गान्धीको सांसद पद पुनर्बहाली भएको छ। यथेष्ट प्रमाण बिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको छ।
उत्तराखण्डको केदारनाथ मार्ग गौरीकुण्डमा अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिरोमा १९ जना बेपत्ता छन। बेपत्तामध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको घोषणा गरेका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलनगर्दै सन्न्यास घोषणा गरेका हुन्। ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको घोषणा गरेका हुन्।
सन २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेलिरहेका उनले २०२३ मा जिम्बावे स्थित हरारे मैदानमा आईसिसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए।































प्रतिक्रिया