यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज,नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ।

नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्रि भइरहेको छ। लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले बढेर ८० रुपैयाँ कायम भएको छ। यसको मूल्य हिजो ७० रुपैयाँ कायम थियो। रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ। स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बढेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भइरहेको छ। 

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०,मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ७० रुपैयाँ तोकिएको छ। तितो करेला ३५, लौका ४०,परवल ३५, घिरौंला २५, फर्सी पाकेको ४०,कन्ने च्याउ १७०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।

रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ। फलफूलमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ। फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ। कागती १३० रुपैयाँमा बिक्रि भइरहेको छ।

अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ। आँप मालदह १८०,अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ। मौसम १८०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ।  

Logo