बालविवाह न्युनिकरण गर्न सञ्चारकर्मीले कलम चलाउन अपिल

बालविवाह न्युनिकरण गर्न सञ्चारकर्मीले कलम चलाउन अपिल

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय कर्णालीका जिल्लासहित मुगु जिल्लामा बालविवाहको अवस्था भयावह बन्दै गएपछि यसको न्युनिकरण गर्न सञ्चारकर्मीहरुको पनि मुख्य भूमिका रहनुपर्ने बताएका छन्। 

कर्णालीका जिल्ला मध्ये मुगु जिल्ला बालविवाह गर्नेमा पहिलो नम्बरमा रहेकाे जिल्ला भएको बताइएको छ। अहिले सरकारसँग र बालविवाह सम्बन्धि काम गर्ने संस्थासँग बालविवाह कति छ? कति भयो? भन्ने एकिन तथ्यांक रहेको छैन। शुक्रबार मुगु जिल्ला स्थित सञ्चारकर्मीहरुसँग बालविवाह न्युनीकरण भूमिका सम्बन्धि विषयको छलफमा यस्तो बताइएको हो। 

पछिल्लो समय प्राय दलित समुदाय र क्षेत्रि समुदायमा बालविवाह हुने गरेको हुँदा यसलाइ न्युनीकरण गर्न सञ्चारकर्मीको पनि मुख्य भूमिका रहने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुले जनाएको छ। 

जिल्लामा बालवविवाह,यौन प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि काम गर्दै आईरहेको सिडिएस पार्क संस्थाले बालविवाह न्युनीकरणमा पैरवी गरिररहेकाे छ। बालविवाहले किशोर किशोरीको स्वास्थ्यमा समेत असर पुर्‍याउने भन्दै बालविवाह न्युनिकरण अभियानमा सरोकारवालासँग सहकार्य गरेर चेतनामुलक कार्यक्रम संचालन गर्ने सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए। 

कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारीरिक र मानसिक रुपमा तनाव बढ्ने र त्यसलै विभिन्न हिंसा सम्बन्धी घटनाहरु निम्तिने उनको भनाई छ। साथै जिल्लामा देखिएको बालविवाहको समस्यालाई न्युनिकरण गर्न भूमिका खेल्नुपर्ने बताए। 

बालविवाहले सम्बन्धविच्छेदका घटना निम्त्याउने बताउँदै कम उमेरमा विवाह गर्ने घटनालाइ अन्त्य गर्न सबै लाग्नुपर्ने र जिल्लामा बालबालिकाहर बढि जोखिममा रहेको बताउँदै उनले बालविवाह र बालश्रमलाई न्युनिकरण गर्द अभियाननै संचालन गर्नुपर्नेमा उनको जोड थियो। 

बालविवाहले सम्बन्ध विच्छेदका घटना निम्त्याउने भएकाले यस्ता घटना न्युनिकरण गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने शाहीले बताए। बालबालिकाका लागी गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवालाले पहल गर्नुपर्ने बताउँदै यसतर्फ ध्यान दिन र बालविाह न्युनीकरण सम्बन्धमा सञ्चारकर्मीहरुले महत्वपुर्ण भूमिका खेलेको र यसको बिषयमा थप कलम पनि चालिने पत्रकारहरुले बताएका छन्। 

Logo