बैठकपछि पार्टी भावनात्मकरुपमा एक भएको अध्यक्ष प्रचण्डको दाबी

बैठकपछि पार्टी भावनात्मकरुपमा एक भएको अध्यक्ष प्रचण्डको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको दाबी गरेका छन् । पाँचदिनसम्म चलेको केन्द्रीय समिति बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू हामी एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । 

‘विचार र राजनीतिमा मात्र एकमत भएका छैनौँ । मेरो विश्वास छ र म घोषणा गर्न सक्छु । आम मिडिया मार्फत जनतासामु भन्न चाहन्छु , सबैका निम्ति यो खुसीको कुरा हो हामी भावनात्मक रुपले पनि एकजुट भएका छौं । अब माओवादी फेरी जागेको छ । माओवादीले देशको नेतृत्व लिने गरी फेरी अगाडी बढ्ने छ  ।’ उनले भने ।

आफूहरु अब जनताको भावनालाई सम्बोधन गर्ने बाटोमा कुनै सम्झौता नगर्ने उनको उद्घोष छ । ‘नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न जस्तो सुकै त्याग र बलिदान गर्न तयार छौं । बीचमा कता कता केहि अन्यौलमा परेको जस्तो भएको थियो यो बैठकले नयाँ उज्यालो पार्टीलाई र देशलाई दिएको छ ।’ उनले भने ।

Logo