निर्माण व्यवसायी महासंघले पहिलो चरणको आन्दोलन सकिएसँगै दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले आफ्ना मागहरु पुराहरु सम्बोधन नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राष्ट्रिय भेलामार्फत पहिलो चरणको संघर्षका कार्यक्रमहरु सम्पन्न हुँदा समेत आफ्ना मागहरु सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
उनले भने,‘यसरी हाम्रा जायज मागहरु हालसम्म सम्बोधन नभएको हुँदा महासंघकै निर्णयानुसार दोश्रो र तेश्रो चरणका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका हौं ।’
महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत भोलि सोमबारदेखी २६ गते सम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९:०० बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस प्रर्दशन गर्ने भएको छ । त्यस्तै संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हुनमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिनेलगायतका कार्यक्रम गर्ने महासंघले जनाएको छ ।
दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले माग सम्बोधन नगरे २८ गते सोमबारदेखि तेस्रो चरणको आन्दोलन सुरु महासंघको चेतावनी छ ।
तेस्रो चरणका कार्यक्रममा अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरु अनिश्चितकालका लागि बन्द गर्ने,विकाशे विभागहरुमा पालैपालो बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म एक घण्टा धर्ना तथा तालाबन्दी गर्ने,निर्माण विज्ञलगायत सरोकारवालाहरुबीच सार्वजनिक सुनवाई सहितको टेलिभिजन मार्फत लाईभअन्तरक्रिया कार्यक्रमहरु गर्नका साथै थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने उनीहरुको चेतावनी छ ।
महासंघले पहिलो चरणको आन्दोलनमापनि पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न विरोध र धर्ना कार्यक्रम गरेको थियो ।































प्रतिक्रिया