आज २०८० साउन २२ गते साेमबार। ७ अगस्ट २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज कार्यमा बाधा आउनेछ। सरकारी निकायको भय रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला,तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आत्मघाती काम गर्न पुगिएला।महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ,तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कीर्तिमानी काम गर्ने समय छ। चलाखीपूर्ण बोलीले काम सफल हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। सुखद् यात्राको योग पनि छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज नयाँ जिम्मेवारी पाइएला। घरमा अतिथिको आगमन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज नयाँ र शुभकार्यको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
कष्टपूर्ण यात्रा हुनसक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा समस्या आउला,तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज पुरानो समस्या सुल्झाउन सकिनेछ।शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज शुभकार्यको योग छ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पनि मिल्नेछ।





























प्रतिक्रिया