नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) यही भदौदेखि लागू गर्ने तयारी भएको छ। आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको यो कार्यक्रमको लागत अनुमान करिब ९ अर्ब रुपैयाँ गरिएको छ।
गत आर्थिक वर्षकामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएको अध्यागमन विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा औपचारिक माध्यमबाट कामको खोजीमा उनीहरु नेपाल आएका हुन्।
आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको यो कार्यक्रमको लागत अनुमान करिब ९ अर्ब रुपैयाँ गरिएको छ।
भारतबाट आएर काम गर्ने वा व्यापार-व्यवसाय गर्नेको तथ्यांक भने विभागसँग छैन। सोही अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।
बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये पर्यटन,उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ। योसँगै लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसरी नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो।
बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये पर्यटन,उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ। योसँगै लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। गत बुधबारबाट सुरु भएको माओवादी बैठक पाँच दिन चलेको थियो। बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै‘जनतासँग विशेष रुपान्तरण अभियान’को घोषणा गरेको छ। उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहालदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिने छन्।
माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको विभाग हेरफेर भएको छ। अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश, जनार्दन शर्मालाई बागमती प्रदेश,देवेन्द्र पौडेललाई मधेश प्रदेश,चन्द्रदेव खनाललाई कर्णाली प्रदेश र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदलेसेप्टेम्बरको तेस्रो/चौँथो साता प्रधानमन्त्री दाहालको चीनभ्रमण हुने जनाएका हुन्। मन्त्री साउदले भने,“हामी त्यसको तयारी अवस्थामा छौँ।”
राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान फाइल नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए। पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाको भनाइ छ।
भारतमा भएको कार दुर्घटनामा नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये चार जना एकै परिवारका छन्। दुर्घटनामा नेपालगञ्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता,वैभवकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता,तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा.भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो।
अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनुनपर्ने भएको छ। विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो। विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ। आइतबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरेकाछन्।
नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय रिपोर्ट सार्वजनिक भएको छ। गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोवार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोवारबाट प्राप्त प्रतिफलका आधारमा उक्त रिपोर्ट सार्वजनिक भएको हो। आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन्।
नेपाली बजारमा आइतबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ। छापावाल सुन १ लाख १२ हजार ५ सय र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भयो। स्थिर रहेको चाँदी भने १४ सय २५ रुपैयाँमा कारोवार भयो।
साताको पहिलो कारोबार हुने दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ। परिसूचक आइतबार १ दशमलब ८३ प्रतिशतको गिरावटपछि २ हजार ५१ अंकमा झरेको हो। आइतबार २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ।
९० हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका छन्। श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रकाअनुसार, पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरीकोचरम चपेटामा परेको हो।
२७ हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन्। एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन्। खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ। गत वर्ष विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो। यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ।
बंगलादेशमा डेंगी संक्रमण भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १० जनाको मृत्यु भएको छ। करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार ढाकामा मात्रै ४ हजार ६८० डेंगीका बिरामीहरू अस्पतालमा भर्ना भएका छन्। डेंगी संक्रमणबाट यो वर्ष मात्रै बंगलादेशमा ३ सय ३ जनाको मृत्यु भइसकेको छ भने ६४ हजार बिरामी भएका छन्।
भारतले प्रक्षेपण गरेको चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान-३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ।
उनको प्रशिक्षणमा नेपालले अगष्ट २८देखि मलेसियामा आईसीसी वुमन्स विश्वकप टी-२० एसिया क्षेत्र छनोट खेल्नेछ। देविका काठमाडौँ आइसकेकी छिन्।
भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छिन्। आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो। उनको प्रशिक्षणमा नेपालले अगष्ट २८देखि मलेसियामा आईसीसी वुमन्स विश्वकप टी-२० एसिया क्षेत्र छनोट खेल्नेछ। देविका काठमाडौँ आइसकेकी छिन्।
नेदरल्याण्ड्स र स्विडेन महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। नेदरल्याण्ड्ले दक्षिण अफ्रिकालाई दुई शुन्यले र स्डिेनले डिफेन्डिङ च्याम्पियन अमेरिकालाई टाइब्रेकरमा पाँच चार गोलले पराजित गरे। क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले स्पेनसँग र स्विडेनले जापानसँग खेल्नेछन्।





























प्रतिक्रिया