आफ्नो पक्षमा रिपोर्ट गर्ने अखबारलाई चीनकाे १.३ लाख डलर अनुदान

आफ्नो पक्षमा रिपोर्ट गर्ने अखबारलाई चीनकाे १.३ लाख डलर अनुदान

केन्द्रबिन्दु
0
Shares

चीनले प्रशान्त क्षेत्रका सम्बन्धमा आफ्नो पक्षमा समाचार प्रकाशित गर्ने सोलोमन टापुको समाचार संस्था ‘द सोलोमन स्टार’ पत्रिकालाई १.३० मिलियन डलर अनुदान दिएको छ।

द एशियन एजका अनुसार गत वर्ष सोलोमन टापुले चीनसँग सुरक्षा सम्झौता गरेको थियो। यसले अष्ट्रेलिया,अमेरिका र उनीहरूका सहयोगीहरूलाई चिन्तित बनाएको छ।

जसका कारण उक्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिको आशंका बढेको छ। सोलोमन टापुका प्रधानमन्त्रीले सन् २०१९ मा ताइवान माथिको बेइजिङको दाबीलाई कूटनीतिक मान्यता दिएका थिए। 

सोलोमन स्टार अखबार र पाओआ एफएम रेडियो स्टेशनले जुलाई २०२२ मा चिनियाँ दूतावासलाई कोषको प्रस्ताव गरेको थियो। यसमा चीनले सोलोमन टापुका तर्फबाट बेइजिङलाई फाइदा पुर्‍याएकाे दाबी गरिएको थियो।

Logo