सदनको गतिरोध हटाउन शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु

सदनको गतिरोध हटाउन शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु

केन्द्रबिन्दु
0
Shares

सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच दोस्रो चरणको छलफल सुरु भएको छ । सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएपछि संसद भवन बानेश्वरस्थित नयाँ बानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको छ । आज पनि पहिलाे चरणकाे वार्तामा सत्तापक्षले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनका विषयमा स्पष्ट धारणा नदिएकाे एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिएका थिए । 

Logo