शीर्ष नेताबीच कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

शीर्ष नेताबीच कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सदनको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेको पहलमा सोमबार मध्यान्ह सिंहदरवारमा बसेको पहिलो बैठक बिनानिष्कर्ष टुंगिएपछि नयाँ बानेश्वरस्थित संसद भवनमा दोस्रो चरणको छलफल भएको थियो । तर, बानेश्वरमा पनि सहमति जुट्न नसक्दा बैठक नै स्थगित भएको हो । यसअघि आज एक बजेका लागि निर्धारण गरिएको संसद बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको छ । तर, सत्तापक्ष भने उच्चस्तरीय समिति गठन गर्ने एमालेकाे मागमा सहमत छैन । 

दोस्रो चरणको छलफलमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

Skip This
Skip This
Logo