बाह्रै महिना निर्वाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

बाह्रै महिना निर्वाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

केन्द्रबिन्दु
0
Shares

श्रीलङ्काको सरकारले देशभर  बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन् ।  ।

श्रीलङ्काले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ। यद्यपि विद्युत उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू  अबलम्वन पनि गरिरहेको छ । श्रीलङ्काले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्छ। -सिन्ह्वा

Skip This
Skip This
Logo